खम्बुवानको बृहत् राज्य चोइटिने टुक्रिने क्रममा पछिल्लो पटक खम्बुवानको सुदुरपूर्वी भाग जलजले, मिल्के र तीनजुरेको सिंहलिला पर्वत हुँदै तमोर नदीपूर्व लिम्बुवान बन्यो । तमोरपारिको सुसुवादेनबाट शुरु भएको लिम्बुवानको बीजारोपण अन्ततः फेदापको फेदेनलाई -आम्बेपोजोक्मा) लाई केन्द्र बनाई आठ खम्बूहाङहरुलाई सफाया गरी चोङफुङ रीतिको थीति बर्साई नयाँ राज्य लिम्बुवान बन्न पुग्यो र यस राज्यमा बस्ने सम्पूर्ण वासीले लिम्बू नाम धारण गरे । यसरी लिम्बू नाम धारण गर्नेहरुमा केही स्वयम् खम्बू, सारछोक्पा, चीनियाँ चोङहरु, सेन, कोच इत्यादि थिए ।
यसरी खम्बुवानको एक भाग चोइटिएपछि यता खम्बुवानको पाँच खप्पनअर्न्तर्गत हालको संखुवासभा, धनकुटा, सुनसरी र मोरङ्गको केही भाग पर्दथ्यो । यसभित्र हाल मोरङ्गमा पर्ने धनपालगढी, सुनसरीमा पर्ने सानगढी, धनकुटामा पर्ने पेलारागढी, संखुवागढी इत्यादि प्रख्यात गढीहरु हुन् । पछिल्लो चरणमा उता सानमकवान वंशीहरुले खम्बुवानको चौदण्डीगढी-मावागढी र पाँचखप्पन आफ्नो कब्जामा पारेपछि मोरेहाङ र सम्पूर्ण लिम्बुवान पनि उसको कब्जामा परेको देखिन्छ । यस पश्चात् आफ्नो कब्जामा परेका मोरेहाङको राज्य खम्बुवानको केही भूमि र सम्पूर्ण लिम्बुवानलाई शासन गर्न मकवानपुर भन्दा दोस्रो वा अर्को तहसिल राजधानी विजयपुरमा खडा गरेका हुन् । वास्तवमा विजयपुर सेनवंशीको तहसिल राजधानी हो । यो लिम्बुवानको राजधानी होइन । स्पष्ट पार्न खोजिएको के हो भने लिम्बुवान राजधानी त फेदाप हो । सेनहरुले नै पुरानो खम्बुवानको सानगढी थुमलाई खारेज गरी मिकलुक -चौबीस) थुम बनाएका हुन् । सेनहरुले यसरी १८३१ सम्म शासन सत्ता चलाइरहँदा खम्बुवानको मावा र चौदण्डीमा कर्ण
मान चौतरिया अगमसिंह खम्बू थिए भने विजयपुरमा दिवान बुद्धिकर्ण थिए । यसै बखत पृथ्वीनारायण शाहले र्सवप्रथम स्वतन्त्र रहेको खम्बुवानसँगै चौदण्डी विजय गरेको देखिन्छ । त्यसपछि सेनको अधिनमा रहेको खम्बुवानको पाँचखप्पन र विजयपुरअर्न्तर्गतको मोरेहाङको राज्यसमेत कब्जा गरेको देखिन्छ । बाँकी रहेको -सेनको कब्जामा रहेको) तमोरपारिको लिम्बुवानलाई सम्झौता गरी आफ्नो अधिन स्वीकार गर्न लगाएको देखिन्छ । पृथ्वीनारायण शाहले अधिनस्थ स्वीकार गर्न लेखेको चिठ्ठीमा "हिजु मकुवानीसेन राजाका भला सेवक हौ" भनी उल्लेख गरेबाट के स्पष्ट हुन्छ भने जलजले, मिल्के, तीनजुरेको पानीढलो पूर्वी तमोरपारी नै वास्तविक लिम्बुवान हो किनकि खम्बुवानको पाँचखप्पन र चौदण्डी वर्तमान सुनसरी -विजयपुर) कब्जापश्चात् मात्र लिम्बूहरुलाई उक्त पत्र दिइएको छ । वर्तमानमा पनि ती स्थानमा मात्र लिम्बूहरु रहेका छन् । सुनसरीको धरानमा -विजयपुरमा) त हिजोआज मात्र लिम्बूहरु झरेका हुन् । धरान झरे पनि विजयपुर -हाङखिम) मा अझ पनि लिम्बूहरु बस्न सक्तैनन् ।
संखुवासभा, धनकुटाको खम्बूक्षेत्र, सुनसरीको सम्पूर्ण खम्बूक्षेत्रमा लिम्बूहरु उछिट्टीएर पुगेका बाहेक कहीँ पनि बीऊ पाइँदैन । पृथ्वीनारायण शाहलाई सभक्तिपूर्वक स्वीकार गरी सेनहरुले कब्जा गरेको भूभागहरुलाई नै लिम्बुवान भन्ने आधार विज्ञान सम्मत छैन र हुनै सक्तैन । स्वघोषित विद्वानहरु बराल, तिगेला जस्ताले कसरी अरुणलाई सिमाना कोरे इतिहासले प्रष्ट्याउनेछ । अरुण ठूलो खोला साँध लाग्यो भनेर पृथ्वीनारायण शाहका सिपाहीले गरेको रिपोर्ट त 'अरुणसम्म जित हासिल गर्यौँ भन्ने मात्र हो । यदि सुनसरी, धनकुटा र संखुवासभा लिम्बुवान भएको भए किन ती स्थानमा लिम्बूहरुको बसोबास शून्य छ, यो वर्तमानको प्रष्ट प्रमाण हो ।
यस लेखमा के स्पष्ट पार्न खोजिएको हो भने सम्पूर्ण लिम्बुवान हिजोको खम्बुवानको एउटा अभिन्न हिस्सा नै हो । त्यसभित्रको लिपि, भाषा, संस्कार, सँस्कृति खम्बू आधारमा नै परिष्कृत र परिमार्जित भएको हो । त्यसमध्ये पनि समय अन्तरालमा कति आगन्तुक, तत्सम, तद्भव मिसिएर भाषा र सँस्कारमा केही भिन्नता मात्र आएको हो । आज पनि मुन्धुमले प्रमाणित गर्दछ कि लिम्बू-खम्बू सहोदर सदस्यहरु नै हुन् भनेर । तर, अतिक्रमणकारीहरुले आफ्नो अनुकुलतालाई ध्यान दिएर कोरेको सीमारेखा आज लिम्बुवान र खम्बुवानको सीमा किमार्थ हुन सक्तैन र बनाउनु पनि हुँदैन । हिजो जतिखेर स्वतन्त्र लिम्बुवान र खम्बुवान राष्ट्र राज्य हुँदा जहाँ सीमाङ्कन थिए त्यसैलाई तथ्य मान्नुपर्दछ ।
यही वैज्ञानिक तथ्यलाई मानेर लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका तत्कालस्न अध्यक्ष स्व. भक्तराज कन्दङवाले सिंहलिला पहाड र तमोर नदीलाई नै लिम्बुवानको सीमा भनी ठोकुवा गरेका छन् । लिम्बूहरुकै चबेगू वंशावलीले पनि यही कुरा लेख्दछ । यसैगरी विभिन्न समयमा लेखिएका अन्य पौराणिक दस्तावेजहरुले लिम्बुवान जलेजले, मिल्के, तीनजुरे पहाड हुँदै सोह्र खाल्लापारि सुसुवादेन तमोर

पूर्व लिम्बुवान भएको स्पष्ट पारेको छ । अर्कोतर्फ आजको वर्तमान भौतिक युगमा भोलि यी अरुण पूर्व पर्ने धनकुटा, संखुवासभा, सुनसरी र मोरङ्गका केही भागमा जनमत संग्रह नै गर्दा पनि लिम्बूहरु अल्पमतमा पर्ने स्पष्ट छ र यी स्थानहरु खम्बुवानमा अनुमोदन हुनेमा दुइ मत छैन ।
आज जति पनि लिम्बूजन्य संघ संगठनले अगाडि सार्ने गरेका दस्तावेजहरु छन् र जुनजुन दस्तावेजमा अरुणलाई सीमा हो भनेका छन्, ती सम्पूर्ण तथ्यहरु पृथ्वीनारायण शाह र रणबहादुर शाहसँग जोडिएका चिठ्ठीपत्र र कथित ताम्रपत्रहरु नै हुन् । यी सम्पूर्ण लिखित कुराहरु सेनवंशीलाई पराजित गर्दाको सीमाना तोकाइ मात्र हो । हिजो सेनवंशीले हडप गरेको खम्बुवान र त्यस बखतको लिम्बुवानको सीमाना चाहिँ यथार्थता हो र वास्तविक सीमाना पछिल्लो होइन, अघिल्लोलाई मान्नु उपयुक्त हुन्छ । किनकि, आजपर्यन्त त्यही सेनवंशले हडप गरेको बखतको खम्बुवानको अवस्थामा खम्बूहरुको सघन बसोबास रहेको छ । २१ औं शताब्दीमा राष्ट्र राज्य बन्ने आधार बसोबासको सघनता पनि हो भनेर कदापि भुल्नु हुँदैन ।

No comments:
Post a Comment